काठमाडौं । सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीको अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् । दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका हुन् ।

अदालतका तर्फबाट जाहेरी आएपछि जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान समेत सुरू गरिसकेको परिसरका एसएसपी रमेश थापाले बताए । 

ad


जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले जनाएको छ । काठमाडौँ जिल्ला अदालतले भवन तथा अन्य सामान गरी अनुमानित क्षति बिगो ६२ करोड रुपैयाँ कायम गरी प्रहरीमा जाहेरी दिएको छ ।