काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य एवं बागमती प्रदेश सरकारका उद्योग तथा वाणिज्य पूर्व राज्य मन्त्री एवम् सहिद राधेश्याम जोन्छेकी धर्मपत्नी रजनी अमात्य जोन्छेंको उपचारका क्रममा आज बिहान मध्यपुर अस्पताल थिमीमा निधन भएको छ ।  

ललितपुरको पाटनमा २००५ असार २१ गते जन्मिएकी जोन्छेले २०३५ सालमा नेता राधेश्याम जोन्छेसँग वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। उनका तीन छोरा राजिल जोन्छे, सत्यक जोन्छे, ॠषभ जोन्छे लगायत तीन बुहारी र एक नाति र छ जना नातिना छन्।

ad

 नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह भएकी जोन्छेको निधनबाट नेपाली काँग्रेस, भक्तपुरले एक कुशल अभिभावक, सङ्गठनकर्ता, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको भन्दै    जिल्ला कार्यसमिति भक्तपुरको आकस्मिक बैठक बसि शोक प्रस्ताव पास गर्नुकासाथै पार्टी कार्यालयको झण्डा आधा झुकाइ जिल्ला एवम् मातहतका सबै कार्यालय तीन दिन बन्द गर्ने बाह्रौं दिनसम्म शोक पुस्तिका कार्यालयमा राखी तेह्रौँ दिनको दिन जिल्ला कार्यसमितिले श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।  

आज बिहान नेतृ जोन्छेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली काङ्ग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगात नेताले पार्टीको झण्डा ओढएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।     आजै भक्तपुरको हनुमान्घाटमा जोन्छेको अन्त्येष्टि गरिएको छ ।