
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन यही फागुन २१ गते घोषित प्रतिनिधिसभाको निर्वाचनभन्दा पछाडि गर्नुपर्ने पक्षमा रहेका कांग्रेस संस्थापन पक्षधर केन्द्रीय सदस्यहरुले आज बानेश्वरमा छुट्टै भेला गरेका छन् ।
आनन्दभूमि ब्यांक्वेटमा भेला भएका उनीहरुले १५औं महाधिवेशनको लागि मिति प्रस्ताव गर्ने बुझिएको छ ।
अहिले संस्थापन पक्ष १५औं महाधिवेशन चुनावपछि बैशाखमा गर्नुपर्ने पक्षमा उभिएको छ। तर, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा भने चुनावअघि नै मंसिर या पुसमा महाधिवेशन गरिनुपर्ने माग गर्दै आएका छन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशनका बिषयमा देखिएको विवाद सुल्झाउन प्रयास गरिरहेका छन् । महाधिवेशन चुनाव अगाडि कि पछाडि भन्ने बिषयमा विवाद देखिएपछि कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित हुँदै आएको छ ।









Facebook Comments