काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ ।

साम्पाङले आज दिउँसो निर्वाचन आयोग पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् । पार्टीको अध्यक्षमा हर्क साम्पाङ छन् भने उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन् भने २८ जना केन्द्रीय सदस्य छन् ।

ad