
काठमाडौं । एनआईसी एशिया बैंककाग्राहकमहानुभावहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको उक्त अस्पतालमा सेवालिई डिजिटल भुक्तानीगर्दा ५० प्रतिशतसम्म छुट प्राप्तगर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका ग्राहकहरुले यस अस्पतालमा सेवा लिँदा ओपडी टिकटमा ५० प्रतिशत, नर्मल बेड चार्डमा २५ प्रतिशत, आईसीयू, एनआईसीयू, पीआईसीयू र सीसीयूमा १० प्रतिशत, सर्जिकल ट्रिटमेन्टमा १५ प्रतिशत, प्याथोलोजी ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजिकल सर्भिसमा १५ प्रतिशत (सीटी र एमआरआईबाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वा मोबैंकएपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त अस्पतालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








Facebook Comments