
काठमाडौं । ‘कांग्रेस सुधार अभियान (अन्डर– ४०) को आह्वानमा युवाहरुले आज नेपाली कांग्रेसको मुख्यालय, सानेपा अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले सुरक्षाघेरा तोडेर मेनगेटसम्म पुगेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनसँगै उनीहरूले गेटमा पनि तालाबन्दी गरेका छन् । प्रदर्शनकारीहरुले ‘कांग्रेसलाई बन्धक बनाउन पाईदैंन, पदाधिकारी र केन्द्रीय सदस्य होसियार’, ‘केन्द्रीय नेताहरुको अकर्मण्यता कहिलेसम्म’, ‘४० बर्षमुनि ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर’, ‘नियमित महाधिवेशन घोषणा गर’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूले ‘नियमित महाधिवेशन गर्न नसके वर्तमान केन्द्रीय समिति बिघटन गरियोस् जस्ता नारा लगाएका थिए ।









Facebook Comments