काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कार्तिक १८ मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाएका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज राखेको पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटन नसकेपछि केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।

ad

महाधिवेशनको कार्यतालिका नल्याउने हो भने केन्द्रीय समितिको बैठकमा उपस्थित नहुने बताईरहेका छन् । फागुन २१ गते चुनाव अगाडि नै महाधिवेशन गर्नुपर्ने संस्थापनइतर पक्षले माग गर्दै आएको भने कांग्रेसको संस्थापन पक्ष चुनाव पछाडि महाधिवेशन गर्नुपर्ने पक्षमा छ । दुवै पक्षको आ–आफ्नै अडानले कांग्रेसमा रस्साकस्सी देखिएको छ ।

यता  केन्द्रीय समितिबाट तत्काल महाधिवेशन कार्यतालिका नल्याउने हो भने विशेष महाधिवेशन प्रक्रिया सुरू गर्न समेत कांग्रेसमा दबाब बढ्दो छ । केही दिन अगाडि विशेष महाधिवेशनको माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाइएको थियो ।