
काठमाडौं । नेकपा माओवादी केन्द्र आगामी कार्तिक २० गते एकतामा आउने पार्टीसँग संयुक्त बैठक बस्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले एकीकृत समाजवादी लगायत एकतामा आउने दलहरूको संयुक्त बैठक बसेर संगठनात्मक विषय टुङ्गो लगाउने निर्णय गरेको पार्टीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले बताए । उनका अनुसार कार्तिक १८ गते मंगलबार माओवादीको केन्द्रीय कमिटी बैठक बसेर एकताको निर्णयलाई अनुमोदन गरिनेछ ।
सापकोटाले अहिले देशमा ठूलो संकट देखापरेकाले त्यसलाई सामना गर्न बृहत् वामपन्थी एकता अपरिहार्य भएको पनि बताए । एकताप्रति असन्तुष्टि जनाएका माओवादी केन्द्रका नेता जनार्दन शर्मा भने आइतबारको बैठकमा सहभागी भएनन् ।
माओवादी केन्द्रले एकीकृत समाजवादी, महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीबीच एकता गर्न लागेको छ।









Facebook Comments