
काठमाडौं । नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ।
शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले संविधानको रक्षा, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको हो।
बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले प्रतिनिधि सभा पुनःस्थापना, संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका लागि वडा तहदेखि नै जनपरिचालन गर्दै काठमाडौंमा जनसभा गर्ने निर्णय गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।
‘संविधानको रक्षा र लोकतन्त्रको जगेर्ना एवम् संरक्षणका लागि जनपरिचालन गर्ने हाम्रो एजेन्डा थियो,’ उनले भने।
उनका अनुसार आगामी कात्तिक २२ गते ६७४३ वटै वडामा वडाभेला गर्ने निर्णय भएको छ।
त्यस्तै ७५३ वटै पालिकामा कात्तिक २५ गते प्रदर्शन गर्ने र ७७ वटै जिल्लामा कात्तिक २९ गते सभा गर्ने निर्णय भएको छ। काठमाडौंमा भने मंसिर ६ गते जनसभा गर्ने निर्णय गरेको उनले भने।









Facebook Comments