
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
आइतबार दिउँसो १ बजे बैठक बोलाइएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आज बिहान भेटेर महाधिवेशनको कार्यतालिका पेस गर्न समय पाउनुपर्ने बताएका थिए ।
महामन्त्री थापाले कार्यतालिका पेश गर्न नपाए बैठकमा सहभागी नहुने बताएपछि बैठक स्थगित भएको हो । कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ।









Facebook Comments