काठमाडौं । काठमाडौं महानगरपालिकाले  थापाथलीस्थित कालमोेचन घाट वरपरको क्षेत्रमा अनाधिकृत संरचना हटाउन शुरु गरेको छ ।

सम्पदा क्षेत्रमा अनाधिकृत रुपमा संरचना निर्माण गरी गैरकानुनी रूपमा भाडामा लगाइएको कारण डोजर लगाई भत्काइएको महानगरले जनाएको छ  । झरीका बाबजुत नगरप्रहरीको टोलीसहित खटिएको टोलीले अनधिकृत संरचना भत्काइरहेको हो ।

ad

महानगरले आज बिहान जरुरी सार्वजनिक सूचना निकाले महानगरभित्र अतिक्रमित जग्गा र ती जग्गामा बनेका संरचना सात दिनभित्र खाली गर्न चेतावनी दिएको थियो ।