काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन वा नियमित महाधिवेशनको बिषयमा नेताहरुबीच टकराव देखिएको अवस्थामा कांग्रेस नेता शेखर कोइरालाले आज पार्टीका केही पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

कोइरालाले आफ्नो सम्पर्क कार्यालय, विशालनगरमा  उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका हुन्।  

ad

नियमित महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा छलफल भएको बताइएको छ । आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र शुक्रबारको केन्द्रीय समितिको बैठकमा पेस गर्न महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको पनि स्रोतले जानकारी दिएको छ ।