
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि फेरि शुरु भएको छ । असोज २८ गतेबाट केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठक केही समय बसेर तिहारका कारण बिहिबारसम्मका लागि स्थगित भएको थियो ।
आज दिउँसो १ बजे तय भएको बैठक २ घण्टा ढिला गरी शुरु भएको हो । महाधिवेशनलगायत १० एजेन्डाबारे बैठकमा छलफल हुने बताइएको छ । आजको बैठक अगाडि कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग फोनवार्ता गरेका थिए ।
कावा सभापति खड्काले देशमा उत्पन्न सङ्कट र पार्टीभित्र उठेका मागहरूबारे केन्द्रीय समितिको बैठकबाट विशेष कार्यक्रमसहित स्पष्ट मार्गचित्र ल्याउने बताईसकेका छन् ।









Facebook Comments