काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध शतक पूरा गरेका छन् ।

रोहितले ४७ औँ ओभरमा शतक पूरा गरेको हुन् । यसक्रममा उनले १२६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो एकदिवसीय शतक हो।

ad

यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरूद्ध घरेलु मैदानमा शतक प्रहार गरेका थिए। सो खेलमा उनले १२६ रन बनाएका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट कुनै पनि ब्याटरले बनाएको व्यक्तिगत उच्च स्कोरसमेत हो ।