
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आज बोल्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा माग गरेका छन् ।
उनले अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएकाले अब नैतिक रुपमा पदमा बसिरहन नमिल्ने बताएका हुन् । ‘हाम्रा अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ, उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ’, खनालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।
उनले आफू माओवादी केन्द्रसँग एकताको पक्षमा नरहेको पनि स्पष्ट पारे । माओवादीसँग एकता गरे एमालेसँगको विद्रोह पुष्टि नहुने खनालको भनाई थियो ।









Facebook Comments