काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले आफू माओवादी केन्द्रसँगको एकता प्रक्रियामा सहभागी नभएको बताएका छन् ।

आफ्नै पार्टीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका संयोजक प्रचण्डले पार्टी एकताको तयारी गरिरहेको अवस्थामा भुषालले  पार्टीको जारी केन्द्रीय समितिको बैठकमा उनले माओवादी केन्द्रका संयोजक प्रचण्ड र आफ्नो पार्टीका अध्यक्ष माधव नेपालले अवकाश नलिएसम्म दुई पार्टीबीच एकता हुन नसक्ने दावी समेत गरेको एक केन्द्रीय सदस्यले बताए ।

ad

उनले पार्टी पुनर्गठन गरेर बृहत वाम एकताको ढोका खोल्न सकिने पनि बताए । उनले आफू वाम आन्दोलनको एकताको पक्षमा रहेको भए पनि नेता मात्र मिल्ने एकताको अर्थ नहुने पनि स्पष्ट पारे । उनले माओवादी अवसरको खोजीमा भौतारिँदा खिँइदै गएको भन्दै अब पनि यो रुपमा नरहने दावी समेत गरे ।