काठमाडौं । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको आज भाषण गर्दागर्दै आकस्मिक निधन भएको छ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन बापतको बक्यौता महसुल नतिरेको भन्दै लाइन काटेको विरोधमा आज रुपन्देहीका उद्योगी, व्यवसायी र श्रमिकले आह्वान गरेको प्रदर्शनमा बोल्दाबोल्दै ढलेका गौतमलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका हुन्।

ad

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्टमा सक्रिय रूपमा संलग्न थिए। गौतमका दुई छोरा र श्रीमती रहेका छन्।