
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समितिको बैठक अगाडि पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको भेटमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सुधारका लागि ४ वैकल्पिक प्रस्ताव दिएका छन् ।
यस्ता छन् शर्माका प्रस्ताव
पहिलो विकल्प– कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। ‘सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं ।’
‘मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए’
दोस्रो विकल्प– विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम (केन्द्रीय समितिले चाहेमा) भनेर उल्लेखित दफा बमोजिम बोलाउँ।
तेस्रो विकल्प– विधानको १७ (२ं) बमोजिम नै ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै। यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै।
चौथो विकल्प– थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ। ‘पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको ऐतिहासिक मिति’









Facebook Comments