
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले यही स्थितिमा मुलुकले निकास नपाउने बताएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक दल,जेनजी सम्मिलित बैठकमा राप्रपाले यस्तो बताएको हो ।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले भने,'देशले निकास पाउनुपर्छ । यही अवस्थामा देशले निकास पाउँदैन ।'
अधुरो र अपूरो क्रान्तिले देशलाई निकास दिन नसक्ने महामन्त्री गुरुङले बताए ।
मुलुकलाई निकास दिनका लागि उठेका सबै विषयको समाधान खोजिनुपर्ने बताउँदै उनले भने,'त्यसपछि मात्रै चुनाव हुनुपर्छ ।'
उनले अर्को विद्रोह मुलुकले भोग्न नहुने समेत बताए ।









Facebook Comments