मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । 

बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ दलको बैठकले मुख्यमन्त्री सोनलले कार्तिक २२ गते शनिबार विश्वासको मत लिने निर्णय भएका हुन् । मुख्यमन्त्री सोनलले सत्तारुढ दलको बैठकमा प्रतिप्रक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई पनि विश्वासको मत दिन आग्रह गर्ने निर्णय भएको जानकारी दिए । 

ad

उनले सत्तारुढ दलमा दुई वटा दलहरू; नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीसमेत समावेश भएको बताए । 

गत असोज २९ गते जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ५५ जना सांसदको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

हालको गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन छ । १०५ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ ।