
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आजदेखि शुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनको औचित्य पुष्टि भएको दावी गरेका छन् ।
उनले पार्टी विभाजनको औचित्य पुष्टि भएको छैन् भन्ने सम्मानित नेता झलनाथ खनालको भनाई केपी ओलीको पछि लम्पसार पर्नु भएको पनि जिकीर गरेका छन् । उनले भने–एमालेविरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ ।
विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नुबाहेक केही होइन। उनले उनले एमालेसँग एकताको कुरा गर्ने नेताहरुलाई पार्टी छाडेर जान चुनौती पनि दिएका छन् । मेचीदेखि महाकालीसम्मका जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासा सम्बोधन नगरिदिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको उनको भनाई छ ।
बैठकमा सम्मानित नेता झलनाथ खनालले विभाजनको औचित्य पुष्टि नहुँदै कुनै अर्को दलसँग एकतामा जाने प्रस्ताव आएको विषयमा गम्भीर छलफल हुनुपर्ने बताए ।









Facebook Comments