
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्। संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरू हुने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध १६ वटा रिट परेका छन्। रिट निवेदनमाथि संवैधानिक इजलासमा एकमुष्ट सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।
अधिवक्ताहरू शेरबहादुर रोकाया,विमल पोखरेल,आभाष पोखरेल,दल बहादुर धामी, खड्कबहादुर शाह, युवराज पौडेल, प्रेमराज सिलवाल, किर्तीनाथ शर्मा पौडेललगायत १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन्।









Facebook Comments