काठमाडौं । सोलुखुम्बुको लोबुचे हेलिप्याडमा आज बिहान अवतरण गर्ने क्रममा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेका छन् ।

ad

हेलिकोप्टरमा पाइलटबाहेक अन्य यात्रु भने नरहेको प्रहरीले जनाएको छ । 

लुक्ला विमानस्थलका अनुसार बिहान ८ः१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको थियो । उक्त हेलिकोप्टर बिहान ७ः४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो ।