काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई कमलादीस्थित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकमहानुभावहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवालिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्न बैंक्ले जनाएको छ । 


यस सुविधाको उपयोग गर्न ग्राहकमहानुभावहरुले यस बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधाउपलब्धहुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

ad