
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी स्थानहद तोकिएको विरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता डा. प्रेमराज सिलवालले रिट निवेदन पेस गरेका छन् । उक्त रिट निवेदनमाथि अध्ययन भइरहेको सर्वोच्चले जनाएको छ ।
रिट ओलीको तर्फबाट नभई सार्वजनिक चासोका रूपमा दायर गरिएको हो । भदौ २३ र २४ को जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसमा सरकारले ओलीलाई उपत्यकाबाहिर जान र राहदानी प्रयोग गर्न रोक लगाएको थियो ।
आयोगले उपत्यकाबाहिर जानै परे अनुमति लिएर मात्रै जान पाउने व्यवस्था गर्न सिफारिस गरेको थियो ।









Facebook Comments