
काठमाडौं । जेन जी आन्दोलनको तोडफोडमा परेको लगानी बोर्डको कार्यालय सारिएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा रहेको उक्त कार्यालय अनामनगरस्थित काठमाडौं उपत्यका विकास प्राधिकरणको भवनमा सारिएको बोर्डले जनाएको छ ।
कार्यालय भदौका २३ र २४ गतेका दिन भएको आन्दोलनका क्रममा पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । नयाँ स्थानबाट भने नियमित काम भइरहेको बोर्डको जनाएको छ ।








Facebook Comments