काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेकाले महाधिवेशन लगायत सबै बिषयमा निर्णय गरिने बताएका छन् ।

पार्टीको भातृ संगठन नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा पार्टीका केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा उनले केन्द्रीय समितिबाट विशेष कार्यक्रम र प्रष्ट मार्गचित्रसहित अघि बढ्ने बताए । उनले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको पनि स्पष्ट पारेका छन् । 

ad

‘नेपाली कांग्रेस आफ्ना बीचमा भएका समस्यालाई समाधान गर्दै, कतिपय विषयलाई थाति राख्दै बृहत एकताबद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, राष्ट्रले विगतको इतिहासको कालखण्डजस्तै नेपाली कांग्रेसबाट अपेक्षा गरेको छ, आशा गरेको छ, उनले भने । 


उनले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य निरन्तर सुधार हुँदै गएको जानकारी गराए ।