
काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया आंशिक बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एकरदुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।









Facebook Comments