
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यही कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने तयारीमा जुटेका छन् ।
विप्लव नेतृत्वको नेकपाको हालै बसेको बैठकले कात्तिक २० गते काठमाडौंमा बृहत् जनसभा गर्ने निर्णय गरेको हो।
आमसभामा सहभागी हुन आज सामाजिक सञ्जालमार्फत आह्वान गर्दै महासचिव विप्लवले भनेका छन्– ‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट,कमिसनखोर,तस्कर,दलाल,परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २०गते काठमाडौंमा भेटौ साथीहरू ।









Facebook Comments