
काठमाडौं । प्रहरीले काठमाडौंको सुविधानगरस्थित एक ब्वाइज होस्टलमा खानतलासी गरेर हत्कडी, प्रहरीको लौरो, बडी प्रोटेक्टर बरामद गरेको छ ।
जेनजी’ प्रदर्शनका क्रममा लुटिएका हतियार र पोसाक उक्त होस्टलमा रहेको सुचनाका आधारमा सुविधानगरस्थित सम्पदा ब्वाइज होस्टलको बी ब्लक र सोही होस्टलको प्रयागमार्गस्थित ए ब्लकमा प्रहरीले स्वीप अपरशेन चलाएको थियो । सो क्रममा ए ब्लकबाट हत्कडीसहितका सामान बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।
उक्त होस्टलबाट दुई थान हत्कडी, एपीएफको बडी प्रोटेक्टर, हार्ड डिस्क र प्रहरीको लौरो बरामद भएको पनि प्रहरीले जनाएको छ । प्रहरीको सरसामान भेटिएपछि होस्टल वार्डेन २४ वर्षीय गोविन्दकुमार ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।









Facebook Comments