काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिले पाँच जना एसएसपीलाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा भूपेन्द्र खत्री, दोस्रोमा सानुराम भट्टराई, तेस्रोमा ओम अधिकारी, चौथोमा शेखर खनाल र पाँचौँमा अभिनारायण काफ्ले छन् ।

ad


तर गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका बेला काठमाडौं प्रहरी परिसर प्रमुख रहेका एसएसपी विश्व अधिकारी डीआइजी पदमा बढुवा सिफारिसमा छुटेका छन् ।