काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।

जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि प्रदर्शनकारीहरुले कुटपिट गरेपछि सभापति देउवा र राणा घाइते भएका थिए ।

ad

सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो । त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो। देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो । सभापति देउवाको सचिवालयले भने देउवा दम्पत्तिको सिंगापुर भ्रमणका बारेमा केही जानकारी दिएको छैन। 

असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।