
काठमाडौं । डीआईजीमा बढुवाका लागि नेपाल प्रहरीका ५ जना एसएसपी सिफारिस भएका छन् ।
आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।
एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएको गृहमन्त्रालयले जनाएको छ।
उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षक सेवामा प्रवेश गरेकाहरू हुन्।










Facebook Comments