काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान राष्ट्रपतिसमक्ष ४ जनाको नाम मन्त्रीमा सिफारिस गरे पनि आज २ जनाले मात्र शपथ लिने भएका छन् ।

प्रधानमन्त्री कार्कीले बिहानको सूची सच्याउँदै दुईजना स्वास्थ्य तथा जनसख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकूद मन्त्रीमा बब्लु गुप्ताको मात्र पठाएकी छन् ।  दुवैजनाको आजै सपथ लिने कार्यक्रम रहेको छ । श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार र भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम अन्तिम समयमा मन्त्रीको सूचीबाट हटाइएको छ । 

ad

श्रेष्ठले पर्यटन मन्त्रालयको आकंक्षा राखे पनि प्रधानमन्त्री कार्कीले उनलार्इ भूमिसुधार मन्त्रीमा सिफारिस गरेपछि श्रेष्ठले असन्तुष्टि व्यक्त गरेको बताइएको छ ।

श्रम मन्त्रीमा सिफारिस भएका सुनारविरूद्ध तीन अदालतमा मुद्दा रहेको तथ्य बाहिरिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीको व्यापक आलोचना भएपछि थप छलफल गरी प्रधानमन्त्री कार्कीले सुनारको नाम मन्त्रीको सूचीबाट हटाउने निर्णय गरेकी थिइन ।