
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका दुई प्रहरी हत्याको आरोपमा थप पाँच जना पक्राउ परेका छन् ।
वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर छन् ।
उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।









Facebook Comments