काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले अबको ५÷७ दिनपछि आन्दोलनको मिति तोक्ने भन्दै आन्दोलनमा पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्म यातायात बन्द गराउने चेतावनी दिएका छन् । उनले आन्दोलन शान्तिपूर्ण हुने समेत बताए ।

आज राजधानीमा सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै उनले आफूलाई बैंकको ब्याज नतिर्न आन्दोलन गर्‍यो भनेर आरोप लगाइएकोमा स्पष्ट पार्दै भने– तर आज म तपाईंका हातमा प्रमाण राखिदिन्छ, म नेपालको सफल व्यवसायी हुँ, तर आफूलाई व्यापारी वा व्यवसायी भन्दिनँ।

ad

उनले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको प्रमाण प्रस्तुत गर्दै २०८२ सालसम्मको विवरण देखाएका थिए। उनले आफ्नो लगानीको बीएन्डसी मेडिकल कलेजले सबैभन्दा बढी विद्युत् खपत गरी नियमित महसुल तिरेको भन्दै कोशी प्रदेशबाट उत्कृष्ट उपभोक्ताको सम्मान पाएको समेत बताए । 

उनले अब उनले व्यवस्था परिवर्तन गर्नका लागि सबै जना लाग्नुपर्ने बताए ।