
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मौजुदा मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपतिसमक्ष उनले नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गेरेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा. सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठको चर्चा चले पनि श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरूको नामावली पठाउँदा श्रेष्ठको मन्त्रालय परिवर्तन भएको हो ।
राष्ट्रपति कार्यालयमा नामावली पठाउँदा भने श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री बनाउने उल्लेख रहेको छ । श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस भएका छन् । उनीरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।









Facebook Comments