
काठमाडौं । गृह मन्त्रालयले धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायतका कार्यक्रम नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न आग्रह गरेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
‘जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर छ, धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ, जारी विज्ञप्तिमा भनिएको छ ।
देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवं अराजकता निम्त्याउन सक्ने भएकाले त्यसतर्फ सचेत हुन पनि मन्त्रालयले आग्रह गरेको छ ।










Facebook Comments