
नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आसन्न निर्वाचनलाई ध्यानमा राख्दै पार्टीका सम्पूर्ण संरचनालाई मतदाता नामावली सूचीकरणको कार्यमा केन्द्रित हुन परिपत्र जारी गरेका छन्। निर्वाचन आयोगले आगामी कात्तिक ३० गतेसम्मका लागि नयाँ मतदाताका लागि नाम दर्ता गर्न समयावधि तोकेको सन्दर्भमा महामन्त्रीद्वयले छठ पर्व सकिए लगत्तै मतदाता दर्ता अभियानमा सक्रियता बढाउन निर्देशन दिएका हुन्।
उक्त परिपत्रमा प्रदेशदेखि वडा तहसम्मका पार्टी संरचनालाई अविलम्ब बैठक बसी मतदाता दर्ता अभियानमा ध्यानकेन्द्रित गर्न भनिएको छ। यसै क्रममा जिल्ला समितिहरूलाई समेत बैठक गरेर प्रत्येक क्षेत्रमा टोली परिचालन गर्न र उपल्लो तहले तल्लो तहसँग समन्वय गर्दै परिचालनको कामलाई प्रभावकारी बनाउन भनिएको छ।
विशेषगरी उमेर पुगेका युवाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न जानका लागि प्रेरित गर्नुपर्नेमा जोड दिइएको छ। युवा उमेर समूहसँग छलफल गरी उनीहरूबाटै 'मतदाता दर्ता समूह' गठन गरेर दर्ता प्रक्रियामा सहजीकरण गर्न पनि परिपत्रमा सुझाव दिइएको छ।









Facebook Comments