
काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेन(जी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको भंगालस्थित घर जलाएको आरोपमा नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघकै कार्यकर्ता सोनम थेवे पक्राउ परेका छन् ।
ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।
चक्रपथ, महाराजगन्ज क्षेत्रका विभिन्न हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय थेवे २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घर तोडफोड तथा आगजनीमा संलग्न रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए ।
प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । थेबेले धुम्बराही क्षेत्रका व्यवसायीलाई धम्की दिइ रकम असुल गर्ने गर्दै आएका थिए ।









Facebook Comments