काठमाडौं । जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट ६४ लख बराबरको सुनचाँदी चोरेको आरोप लागेका दुईजना जेल चलान भएका छन् । उनीहरू ३०–३० हजार धरौटी तिर्न नसकेपछि जेल चलान भएका हुन् ।

पूर्वमन्त्री कार्कीको जाहेरीका आधारमा उनीहरू पक्राउ परेको थिए । पक्राउ पर्नेमा उदयपुर जिल्ला, कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–६ घर भई सोही ठाउँमा बस्ने ३० वर्षीय सञ्जय परियार छन् । 

ad

प्रहरी अनुसन्धानपछि जिल्ला अदालत, ललितपुरमा पेश भएका उनीहरूलाई अदालतले जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । 

धरौटी बुझाउन नसकेपछि उनीहरू नख्खु कारागार चलान भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।