
भक्तपुर । प्रहरीले भक्तपुरबाट जुवा खेल्दै गरेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले जुवाखालबाट आज नौ लाख २३ हजार ९६० नगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए।









Facebook Comments