काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूलाई समेटेर १५ सदस्यीस्य मन्त्रिमण्डल गठन गर्ने तयारी गरेकी छिन् । 

प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल खनालका अनुसार अबको एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको छ बिदा भए पनि कर्मचारीहरूलाई बोलाएर भए पनि मन्त्र‍िपरिषद्लाई पूर्णता दिन सकिने उनले बताए । 

ad

प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ मन्त्री छान्ने कसरतमा छन् ।

प्रधानमन्त्रीले भोलि ४ गते सात शीर्ष दलहरूसँग निर्वाचनबारे छलफल गर्ने कार्यसूची छ । 

प्रधानमन्त्री सुशीला कार्की १५ जनासम्मको मन्त्रिमण्डल बनाउने योजनामा रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्रीले गत आइतबार नै मन्त्रिपरिषद्मा केही सदस्य थप गर्न खोजेकी थिइन् । तर एकैपटक सबैलाई समेट्ने भन्दै त्यो तयारी रोकिएको थियो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ अनुहारलाई मन्त्रालयमा प्राथमिकता दिइनेछ । यसका लागि छलफल भइरहेको छ ।