काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको शव उनको परिवारलाई बुझाइएको छ । आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो ।

सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो ।

ad

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिनेछ । कञ्चनपुरमै उनको अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । 

त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।