
काठमाडौ । पूर्वऊर्जामन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताएका छन् ।
खड्काले सोमबार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएका हुन् ।
उनले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ भनी प्रश्नसमेत गरे । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार पूर्वमन्त्री खड्का अमेरिका भागेको भनि अन्तर्वार्ता दिएका थिए ।
पूर्वमन्त्री खड्काले राजनीति खर्चिलो हुन्छ भनेर आफूले व्यापार व्यवसाय गरेर राजनीतिमा आएको बताए । आफूले मुलुकमा भ्रष्टाचारविरुद्ध अभियान नै चलाएको जिकिरसमेत उनले गरे ।
आफ्नी श्रीमती डेंगी लागेर बिरामी भएपछि उपचारका लागि भारत गएको स्पष्टीकरणसमेत नेता खड्काले दिए ।









Facebook Comments