
जापान । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयारी अवस्थामा रहेको बताइएपछि साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना झन् प्रबल भएको जापानी मिडियाले जनाएको छ ।
ताकाइची यसै महिनाको सुरुआतमा एलडिपीकी नेत्री निर्वाचित भएको तर गठबन्धन पतनपछि उनको प्रधानमन्त्री बन्ने प्रयास अस्थायी रूपमा अवरुद्ध भएको थियो । त्यसयता एलडिपीले नयाँ राजनीतिक सहकार्यको माध्यमबाट ताकाइचीको प्रधानमन्त्री पदतर्फको मार्ग पुनः प्रशस्त गर्ने प्रयास गरिरहेको छ ।
क्योदो न्युजका अनुसार एलडिपी नेत्री ताकाइची र सुधारवादी दक्षिणपन्थी विपक्षी जापान इनोभेसन पार्टी (जेआइपी) की नेत्री हिरोफुमी योशिमुरा सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयार हुन्छन् । उक्त समाचार संस्थाले दुवै दलका अज्ञात वरिष्ठ अधिकारीहरूको उद्धरण दिँदै रिपोर्ट गरेको हो ।
यस्तै योमियुरी सिम्बुनका अनुसार पनि ‘ताकाइची र योशिमुराले सोमबार वार्ता सम्पन्न भएपछि औपचारिक रूपमा गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना उच्च छ ।’
एलडिपीको दीर्घकालीन गठबन्धन साझेदार कोमेइटो पार्टीले २६ वर्षपछि सत्तारूढ गठबन्धन तोडेसँगै जापान हाल राजनीतिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ । विपक्षी दलहरू भने प्रधानमन्त्रीका लागि साझा उम्मेदवारमा सहमत हुन असफल भएका छन् ।
एलडिपी र जेआइपीबीच बन्न लागेको नयाँ गठबन्धनले मङ्गलबार ताकाइचीलाई प्रधानमन्त्रीका रूपमा संसद्बाट निर्वाचित गराउन सक्ने सम्भावना देखिन्छ । तथापि दुवै दल संयुक्त रूपमा संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा बहुमत प्राप्त गर्न दुई सिट टाढा छन् ।
यदि प्रधानमन्त्रीको मतदान दोस्रो चरणमा पुग्यो भने ताकाइचीलाई केवल अन्य दलका सांसदहरूको समर्थन आवश्यक पर्नेछ । यस्तो अवस्थामा उहाँ प्रधानमन्त्री पदमा निर्वाचित हुने सम्भावना उच्च रहेको राजनीतिक विश्लेषकहरूको मत छ ।
यो सम्पूर्ण राजनीतिक घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणको केही दिनअघि भइरहेको छ । ट्रम्प दक्षिण कोरियामा हुने वार्षिक एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान पुग्ने तय भएको छ ।
एलडिपी र जेआइपीका वरिष्ठ अधिकारीहरूले गत शुक्रबार टोकियोमा भएको वार्तामा केही महत्त्वपूर्ण सहमति गरेका थिए । तीमध्ये प्रमुख बुँदामा एलडिपीले खाद्य वस्तुमा उपभोग कर (कन्जम्पसन ट्याक्स) हालको १० प्रतिशतबाट घटाई शून्य बनाउने र कर्पोरेट तथा सङ्गठनात्मक चन्दा पूर्ण रूपमा समाप्त गर्ने जेआइपीको प्रस्तावलाई समर्थन गर्ने सहमति जनाएको हो ।
त्यसैगरी एलडिपीले संसद् सदस्यको सङ्ख्या घटाउने जेआइपीको मागलाई पनि स्वीकार गरेको बताइएको छ । यसलाई योशिमुराले गठबन्धन प्रवेशका लागि ‘असम्झौतायोग्य शर्त’ भनेका थिए।
यदि ताकाइची प्रधानमन्त्री बनेकाे खण्डमा जेआइपीले मन्त्री पद नलिने तर पार्टीको तर्फबाट एक जना विशेष सल्लाहकारलाई सरकारमा समावेश गर्ने योजना रहेको टिभी असाहीले जनाएको छ ।
तर योमियुरी सिम्बुनका अनुसार योशिमुराले मन्त्री पद सम्हाल्ने कि क्याबिनेट बाहिरबाट मात्र सहयोग गर्ने भन्ने विषयमा अन्तिम निर्णय अझै नभएको स्पष्ट पारे ।
एएफपीले यस विषयमा टिप्पणीका लागि सम्पर्क गर्दा एलडिपी र जेआइपीका अधिकारीहरू उपलब्ध हुन नसकेको जनाएको छ ।
यदि सम्झौता सोमबार औपचारिक रूपमा सम्पन्न भयो भनेनयाँ गठबन्धन सम्झौतासँगै ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा
जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी ९एलडिपी० सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयारी अवस्थामा रहेको बताइएपछि साने ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना झन् प्रबल भएको जापानी मिडियाले जनाएको छ।
ताकाइची यसै महिनाको सुरुआतमा एलडिपीकी नेत्री निर्वाचित भएकी थिइन् तर गठबन्धन पतनपछि उनको प्रधानमन्त्री बन्ने प्रयास अस्थायी रूपमा अवरुद्ध भएको थियो। त्यसयता एलडिपीले नयाँ राजनीतिक सहकार्यको माध्यमबाट ताकाइचीको प्रधानमन्त्री पदतर्फको मार्ग पुनः प्रशस्त गर्ने प्रयास गरिरहेको छ।
क्योदो न्युजका अनुसार एलडिपी नेत्री ताकाइची र सुधारवादी दक्षिणपन्थी विपक्षी जापान इनोभेसन पार्टी (जेआइपी) की नेत्री हिरोफुमी योशिमुरा सोमबार नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न तयार हुनुहुन्छ। उक्त समाचार संस्थाले दुवै दलका अज्ञात वरिष्ठ अधिकारीहरूको उद्धरण दिँदै रिपोर्ट गरेको हो।
यस्तै योमियुरी सिम्बुनका अनुसार पनि ‘ताकाइची र योशिमुराले सोमबार वार्ता सम्पन्न भएपछि औपचारिक रूपमा गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने सम्भावना उच्च छ।’
एलडिपीको दीर्घकालीन गठबन्धन साझेदार कोमेइटो पार्टीले २६ वर्षपछि सत्तारूढ गठबन्धन तोडेसँगै जापान हाल राजनीतिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ। विपक्षी दलहरू भने प्रधानमन्त्रीका लागि साझा उम्मेदवारमा सहमत हुन असफल भएका छन्।
एलडिपी र जेआइपीबीच बन्न लागेको नयाँ गठबन्धनले मङ्गलबार ताकाइचीलाई प्रधानमन्त्रीका रूपमा संसद्बाट निर्वाचित गराउन सक्ने सम्भावना देखिन्छ। तथापि दुवै दल संयुक्त रूपमा संसद्को तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा बहुमत प्राप्त गर्न दुई सिट टाढा छन्।
यदि प्रधानमन्त्रीको मतदान दोस्रो चरणमा पुग्यो भने ताकाइचीलाई केवल अन्य दलका सांसदहरूको समर्थन आवश्यक पर्नेछ। यस्तो अवस्थामा उहाँ प्रधानमन्त्री पदमा निर्वाचित हुने सम्भावना उच्च रहेको राजनीतिक विश्लेषकहरूको मत छ।
यो सम्पूर्ण राजनीतिक घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापान भ्रमणको केही दिनअघि भइरहेको छ। ट्रम्प दक्षिण कोरियामा हुने वार्षिक एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन ९एपेक० शिखर सम्मेलनमा सहभागी हुनुअघि जापान पुग्ने तय भएको छ।
एलडिपी र जेआइपीका वरिष्ठ अधिकारीहरूले गत शुक्रबार टोकियोमा भएको वार्तामा केही महत्त्वपूर्ण सहमति गरेका थिए। तीमध्ये प्रमुख बुँदामा एलडिपीले खाद्य वस्तुमा उपभोग कर (कन्जम्पसन ट्याक्स) हालको १० प्रतिशतबाट घटाई शून्य बनाउने र कर्पोरेट तथा सङ्गठनात्मक चन्दा पूर्ण रूपमा समाप्त गर्ने जेआइपीको प्रस्तावलाई समर्थन गर्ने सहमति जनाएको हो।
त्यसैगरी एलडिपीले संसद् सदस्यको सङ्ख्या घटाउने जेआइपीको मागलाई पनि स्वीकार गरेको बताइएको छ। यसलाई योशिमुराले गठबन्धन प्रवेशका लागि ‘असम्झौतायोग्य शर्त’ भन्नुभएको थियो।
यदि ताकाइची प्रधानमन्त्री बन्नुभएको खण्डमा जेआइपीले मन्त्री पद नलिने तर पार्टीको तर्फबाट एक जना विशेष सल्लाहकारलाई सरकारमा समावेश गर्ने योजना रहेको टिभी असाहीले जनाएको छ।
तर योमियुरी सिम्बुनका अनुसार योशिमुराले मन्त्री पद सम्हाल्ने कि क्याबिनेट बाहिरबाट मात्र सहयोग गर्ने भन्ने विषयमा अन्तिम निर्णय अझै नभएको स्पष्ट पार्नुभएको छ।
एएफपीले यस विषयमा टिप्पणीका लागि सम्पर्क गर्दा एलडिपी र जेआइपीका अधिकारीहरू उपलब्ध हुन नसकेको जनाएको छ।
यदि सम्झौता सोमबार औपचारिक रूपमा सम्पन्न भयो भने जापानको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको उदय हुने सम्भावना वास्तविकतामा परिणत हुनेछ र यो देशका लागि ऐतिहासिक क्षण ठहरिनेछ।
जापानको राजनीतिक इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्रीको उदय हुने सम्भावना वास्तविकतामा परिणत हुनेछ र यो देशका लागि ऐतिहासिक क्षण ठहरिनेछ ।









Facebook Comments