
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नाम सिफारिश गरेर राष्ट्रपतिलाई कुनै पत्र नलेखेको बताएका छन् ।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिश गरेर राष्ट्रपतिलाई लेखेको पत्र आफुले पढेको अभिव्यक्ति गरेपछि आज सम्पादकहरुसँगको संवादमा ओलीले प्रचण्डले भयानक झुट बोलेको आरोप लगाए ।
उनले भने– राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसबिना प्रधानमन्त्री बनाउन गाह्रो हुन्छ भनेपछि मैले त्यो कुरा स्वीकार गरेको हुँ। जटिल अवस्थामा मैले त्यो सिफारिस गरेको हुँ ।
उनले जेनजी आन्दोलनपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिनुभन्दा अघिसम्म आफ्नो मोबाइल सेनाको कब्जामा रहेको दावी पनि गरे । उनले छानविन आयोगले बोलाएमा आफु लुुरुलुरु बयान दिन नजाने समेत स्पष्ट पारे ।




Facebook Comments