
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीबाट रथीमा बढुवा भएका गणेश कुमार श्रेष्ठलाई आज दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो । सैनिक मुख्यालय भद्रकालीमा रथीको दर्ज्यानी चिह्न प्रदान गर्दै श्रेष्ठलाई बलाध्यक्ष रथीको जिम्मेवारी दिइएको छ। यसअघि बलाधिकृत रथी निर्मलकुमार थापा असोज २५ गतेबाट ५८ बर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए।
अर्का रथी प्रदीपजंग केसी बलाधिकृत रथी बनेका छन्। दुई जना रथीको दरबन्दी रहने सेनामा महारथी (प्रधानसेनापति) पछि बलाधिकृत रथी र त्यसपछि बलाध्यक्ष रथी रहन्छन्।









Facebook Comments