काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणले स्वास्थ्यको कारण देखाउँदै शनिबारदेखि पार्टीको सक्रिय राजनीतिक नेतृत्व छाडेका छन्।


८० वर्षीय वैद्यले स्वेच्छिक रूपमा नेतृत्व छाडेका हुन्। उनी अब पार्टीको सल्लाहकार रहनेछन्। पार्टी केन्द्रीय कमिटी बैठकमा वैद्यले महासचिवको जिम्मेवारी छाडेको र केन्द्रीय कमिटीले उक्त जिम्मेवारी सिपी गजुरेललाई दिएको हो।

ad