
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व स्वास्थ्य सचिव डा. संगीता मिश्राविरूद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मिश्रासहित १४ जनाविरूद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोप लगाउँदै अख्तियारल मुद्दा दायर गरेको हो ।
उनीहरुउपर स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिद को क्रममा लागत अनुमान तयार गर्दा देखिनै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको शर्त बमोजिमको सम्पूर्ण सामाग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामाग्री आएको भनी गलत पिडिआई रिपोर्ट, गलत दाखिला प्रतिवेदन, झुट्टा बिल बिजक लगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको आरोप छ ।









Facebook Comments